३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

भारतमा कोरोना संक्रमित तिव्र गतिमा बढेपछि नेपाल फर्किन थाले नेपालीहरु

Logo
प्रकाशित शनिबार, पुष २४, २०७८

(ABC-Sanchar)
धनगढी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारत बाट नेपाल आउनेको संख्या बढ्न थालेको छ ।

भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् ।

‘भारतबाट नेपाल आउनेको संख्या दैनिक रूपमा बढिरहेको छ,’ इन्चार्ज साउँदले भने, ‘भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्दा पछिल्लो समय कोरोना संक्रमण दर पनि बढेको छ ।,’ भारतमा संक्रमण दर ह्वात्तै बढेपछि त्रिनगर–गौरीफन्टा र गड्डाचौकी नाका भएर स्वदेश फर्कने नेपालीको संख्या बढेको हो । पश्चिमी नाका गड्डाचौकी र गौरीफन्टा भएर दैनिक डेढरदुई हजार नागरिक स्वदेश फर्किरहेका छन् । भारतबाट फर्कनेको संख्या बढेसँगै यहाँ संक्रमण दर पनि बढेको उनले बताए ।

भारतबाट फर्कने नेपालीको सीमा क्षेत्रमै कोरोना परीक्षण भइरहेको र स्वास्थ्य सामाग्री पर्याप्त रहेको उनी बताउँछन् । अहिले खोप नलगाएका व्यक्तिलाई सीमामै खोप समेत प्रदान गरिँदै आएको छ ।स्वास्थ्य संयोजक साउँदका अनुसार भारतबाट आउने नेपालीमा कोरोना संक्रमण देखिने दर पनि उच्च हुन थालेको छ । उनका अनुसार भारतबाट आउने नेपाली मध्य पुस २२ गते ४८ जनामा, पुस २३ गते ६७ जनामा र आज ९शनिबार० ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आउने नेपालीले कोरोना बढेसँगै बोरोजगार हुने डरले नेपाल आएको बताएका छन् । ‘भारतमा कोरोना बढेपछि धेरै व्यवसायी सचेत बनेका छन्,’ धनगढी–१३ का रामसिंह बोहराले भने, ‘अझै कोरोना बढेमा बेरोजगार हुने र लकडाउनमा फसिने सम्भावना बढेका कारण समयमै स्वदेश आएका हौं ।’ भारतमा कोरोना संक्रमण बढ्नथालेपछि त्यहाँ रहेका नेपाली मजदुर धमाधम नेपाल आउन थालेका उनले बताए ।

भारतको दिल्लीबाट फर्केका बझाङका दिनेश नेपालीले पनि कोरोना त्रास पछि नेपाल फर्किएको बताए । दुई सातामै भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ,’ उनले भने, ‘आगामी दिनमा संक्रमण दर झनै बढ्न सक्ने देखिएपछि म नेपाल फर्केको हु ।’ सीमा नाकामा स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै उनले अव ढुक्कसँग घर जाने बताए ।

सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतमा रहेका नेपाली स्वदेश आउने गरेकोमा कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकामा मात्रै भारतबाट फर्किएका नेपालीको कोरोना परीक्षण हुँदै आएको छ । बैतडी, दार्चुला लगायत कैलालीको खक्क्रौला नाकाबाट नेपाल आउने नेपाली नागरिक भने कोरोना परीक्षण विना नै नेपाल आउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!