०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

बाक्लो हुस्सुको कारण उडानहरु प्रभावित

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८


(ABC-Sanchar)
काठमाडौं । मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन्।अझै तीन/चार दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए।

अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले पूर्ण रुपमा मौसम खुल्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ।आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनेछ । बाँकी प्रदेश-१, २ र वाग्मती प्रदेशमा भने सामान्यदेखि आंशिक बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हुस्सु र कुहिरो लागेको छ। हुस्सुले हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएको छ। नेपालगञ्जमा बाक्लो हुस्सु लाग्ने गरेका कारण कर्णालीका हिमाली जिल्लामा केही दिनदेखि उडान प्रभावित भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रीय समितिले फागुन ५ गते देशभर नेपाल बन्दको घोषणा गरेको छ। पार्टीले माघ २०८२ मा जारी गरेको विज्ञप्तिमार्फत विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक माग अघि सार्दै बन्द आह्वान गरेको हो। पार्टीका अनुसार आसन्न फागुन २१ गते हुने संसदीय चुनाव साम्राज्यवादी डिजाइन अन्तर्गत अघि बढाइएको दाबी गर्दै उक्त चुनाव स्थगित […]

काठमाडौं । आसन्न निर्वाचनका लागि सरकारले भर्ना गरेका एक लाख ५० हजार निर्वाचन प्रहरी मैदानमा खटिएका छन् । कतिपयले निर्वाचन प्रहरीको पोशाक पाइसकेका छन् भने कतिपय जिल्लाहरुमा पाउने क्रम जारी रहेको छ । विभिन्न जिल्लाका प्रहरीका युनिटहरुले भर्ना गरेका निर्वाचन प्रहरीलाई सम्बन्धित प्रहरी इकाइहरुले खटाउँछ । निर्वाचनका लागि भर्ना गरिने सुरक्षा कर्मीलाई यसअघि म्यादी प्रहरी […]

रोल्पा । तालिमका क्रममा निर्वाचन प्रहरीलाई कु*ट्ने दुई प्रहरीजवान कार*बाहीमा परेका छन् । रोल्पामा प्रशिक्षणका क्रममा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि बिनाकारण कु*टपिट गर्ने प्रहरी जवानद्वय आरके खड्का र तिलक घर्ती मगरलाई विभागीय कार*बाही गरिएको छ । प्रशिक्षणका क्रममा यी दुईले सोमबार बेलुकी कुट*पिट गरेपछि १६ जनालाई उपचारका लागि अस्पताल नै पुर्याउनु परेको […]

error: Content is protected !!