२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

लुम्बिनी प्रदेशका डिआइजी प्रकाश अधिकारी दिनहरु शान्ति सुरक्षामै वित्छन

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक डिआईजि प्रकाश अधिकारी विहान उठ्छन् मर्निङवाकसंगै उनले बिभिन्न ठाउँको अवलोकन छ्ड्के अनुगमन पनि गर्छन् ।
भर्खरै मात्र लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएर आउनु भएका डिआइजी अधिकारी मर्निङवाकबाट फर्किसकेपछि उनी सरसफाई गर्छन् । त्यसपछि मात्र चिया नास्ता खान्छन् ।

देशको शान्ति सुरक्षा कायम गर्ने भनि देश र जनताको नाममा सपथ खाएका डिआइजी अधिकारीले सधै देशकै शान्ति सुरक्षाको चिन्ता गर्छन् । उनी प्रदेशको जिल्ला भित्रको सुरक्षाको बिषयमा अपडेट निरन्तर हुन्छन् । त्यसपछि प्रदेशको शान्ति सुरक्षा कायम गर्न आफु मातहतका जिल्ला प्रमुखहरुलाई आबश्यक निर्देशन दिन्छन्, भने प्रहरी प्रधान कार्यालय काठमाडौंलाई पनि जानकारी गराउँछन् ।

अवस्था र परिस्थिती अनुसार खाना खाँदै पनि हिड्नु पर्ने अवस्था आउँछ । १० बजे कार्यालयमा पुग्छन् । उनको क्वाटर कार्यालयको करिब दुई किलोमिटर बजारमा छ । कार्यालयमा पुगेर उनले सुरुमा ईमेलहरु चेक गर्छन्, केन्द्रबाट आएका परिपत्रहरु हेर्छन् । केन्द्रबाट आएका परिपत्रहरु आफु मातहत कार्यालयहरुले कार्यान्वायन गरे, नगरेको अनुगमन गर्छन् ।

त्यसपछि प्रहरीसंग केही गुनासो तथा समस्या लिएर गएकाहरुसंग छलफल गर्छन् । त्यसपछि दिउसो नास्ता खान्छन् । उनले कार्यालयमा जस्तो नास्ता उपलब्ध हुन्छ, त्यस्तै खानेगरेका छन्, उनको रोजाईको नास्ता हुनुपर्छ भन्ने छैन् ।

नास्ता खाएपछि उनले आफू मातहतका कर्मचारीहरुसंग छलफल कुराकानी गर्छन्, भने गुनासाहरु समेत सुन्छन् । कार्यालय सञ्चालन सम्बन्धी छलफल गर्छन् । जिल्लाका युनिटको अवस्थाको बारेमा चेकजाँच गर्छन् ।

कहिलेकाहीं त उनलाई अफिसको कामले घरपरिवारलाई सम्झने समय समेत मिल्दैन् । सधै आफनो काममा अडिग रहने डिआइजी अधिकारी करिब ५ बजेतिर कार्यालयबाट आफ्नो क्वाटरमा फर्कन्छन् ।
क्वाटरमा पुगेर उनले किताब, पत्रपत्रिका पढ्ने, टिभि हेर्ने गर्छन् । समय मिलेसम्म कहिलेकाहीँ डिआइजी अधिकारी अम नागरिक भएर सिबिलमा बजार निस्केर छ्ड्के अनुगमनमा घुम्ने गर्छन् । त्यसपछि उनी सामाजिक सञ्जालमा ब्यस्त हुन्छन् । सामाजिक सञ्जालबाटै उनले आफ्नो घरपरिवार, साथीहरुसंग कुराकानी गर्ने गर्छन् । देश र जनताका लागि खटिएकोले घरपरिवारबाट भने त्यस्तो गुनासो आउदैन्, किनकी उनले आफ्नो परिवारसंग आफ्नो कामको बारेमा ‘कन्भिन्स’ गरिसकेका छन् । प्रहरीमा लामो जागिर र अनुभव रहेका डिआइजी अधिकारीलाई काम गर्न पनि त्यति गाह्रो छैन् । प्रहरी प्रधान कार्यालय बिभागले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्ध रहेको डिआइजी अधिकारी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]