२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

बर्दिया प्रहरीले नगद लाखौं रुपैया सहित १० जना जुवाडे पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २७, २०७८

ABC (क्राईमबिट)
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बाँसगढी नगरपालिका–७ बड्की देउडास्थित जुवा खेलाउने घरधनी दुलीचन थारु सहित अन्य ९ जना मंगलबार दिउसो सवा १ बजे पक्राउ परेका हुन । पक्राउ पर्ने अन्य व्यक्तिहरुमा बाँसगढी न.पा.७ का रामचन्द्र भन्ने आईतवारी थारु, श्याम प्रसाद थारु, रामकुमार थारु, भागीराम कुमाल रहेका छन । त्यसैगरी सोही वडाका सिताराम थारु, उपेन्द्र खड्का, मोहम्मद अली, मनोज कुमार थारु, रबिन्द्र सापकोटालाई जुवा खेलीरहेको अवस्थामा पक्राउ गरिएको जिप्रका बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले बताए ।
विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको शाहीको भनाई छ । उनीहरु उपर जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भईरहेको बर्दिया प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!