१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

कैलालीमा मन्त्री आले चढेको गाडी दुर्घटना गाडीमा सवार सवै सकुशल

Logo
प्रकाशित मंगलबार, पुष २७, २०७८

(ABC-Sanchar)
धनगढी । कैलाली-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटना भएको छ। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो।

मन्त्री आले चढेको सुप प्रदेस ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले पुष्टि गरेका छन्। धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्ने क्रममा बा ४ च १३७७ को गाडीले ठक्कर दिएर अनियन्त्रीत भएकाे कारले मन्त्री आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका हुन्। ठक्कर दिने गाडीमा सवार सबै यात्रु सकुसल जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!