२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

बर्दिया एसपी ईश्वर कार्कीद्वारा हवल्दारमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

Logo
प्रकाशित बुधबार, पुष २८, २०७८


ABC (क्राईमबिट)
बर्दिया । प्रहरी प्रमुख प्रहरी एसपी ईश्वर कार्कीले प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको आइतबारको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका प्रहरी हवल्दारहरुलाई एसपी कार्कीले मंगलबार आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै एसपी कार्कीले पदोन्नती भएका प्रहरी हवल्दार हरुलाई बधाई दिनुका साथै पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाई संगठनले खोजेको र नागरिकलेे पाउने सेवालाई अझै उत्कृष्ट बनाउन निर्देशन समेत दिए ।

उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!