२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

बर्दिया एसपी ईश्वर कार्कीद्वारा हवल्दारमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

Logo
प्रकाशित बुधबार, पुष २८, २०७८


ABC (क्राईमबिट)
बर्दिया । प्रहरी प्रमुख प्रहरी एसपी ईश्वर कार्कीले प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको आइतबारको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका प्रहरी हवल्दारहरुलाई एसपी कार्कीले मंगलबार आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै एसपी कार्कीले पदोन्नती भएका प्रहरी हवल्दार हरुलाई बधाई दिनुका साथै पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाई संगठनले खोजेको र नागरिकलेे पाउने सेवालाई अझै उत्कृष्ट बनाउन निर्देशन समेत दिए ।

उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!