२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

जंगलमा फेला परेन मान्छे मार्ने बाघ खोजीकार्य जारी प्राविधिक टोली जंगलमा

Logo
प्रकाशित बुधबार, पुष २८, २०७८

(महेन्द्र सिंह)
बाँके । राप्तीपारी मान्छे खाने मार्ने बाघ बुधबार बेलुकासम्म कतै फेला परेको छैन । बाघको पाइला अनुसार सम्भावित स्थान मंगलबार पत्ता लागेपनि बुधबार रातीसम्म पनि फेला पार्न नसकिएको हो ।

बाघ खोज्न राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधी, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका पदाधिकारी, सामुदायिक वनकर्मी, प्रहरी, नेपाली सेना लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा मंगलबार र बुधबार दिनभर परिचालन भएको थियो ।

बाघको ताजा पाइला फेला परेपछि सम्भावित स्थानमा आहारा स्वरुप मंगलबार एउटा ‘पाडो’ लगेर जंगलमै बाँधिएको थियो । बुधबार सम्भावित अर्को स्थानमा पनि आहारा स्वरुप अर्को पाडो लगेर बाँधिएको छ । बाघको आहारा नजिकै स्वचालित क्यामेरा समेत जडान गरिएको छ । तर, उक्त स्थानमा बुधबार रातीसम्म पनि बाघ नदेखिएको टोलीका सदस्य एवम् वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका अध्यक्ष लवराज खरेलले जानकारी दिए ।

‘दुई दिनदेखी हामी जंगलमा परिचालित भइरहेका छौं, तर बाघलाई कतै फेला पार्न सकेका छैनौं,’ उनले टेलिफोनमा भने ‘हिजो(मंगलबार) एक ठाउँमा मात्र आहारा राखिदिएका थियौं, आज (बुधबार) थप अर्को ठाउँमा आहारा राखिदिएर त्यहाँ पनि क्यामेरा जडान गरी फर्केका छौं ।’ आहारा खान बाघ बुधबार रातीसम्म पनि नआएको अध्यक्ष खरेलले सुनाए । उनले थपे, ‘हामीले आहारा राखिदिएको ठाउँ खोला हो, पानी खान खोलामा आएको पाईला भेट्टाएपछि त्यहीँ ठाउँमा आहारा राखिदिएका हौं, तर त्यहाँ अहिले बाघ आएको छैन । बाघ नियन्त्रण गर्नका लागि फत्तेपुरको महेमानपुरस्थित सवडिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको छ । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले त्यहाँ दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । यस्तै डिभिजन वन कार्यालय बाँकेले पनि कर्मचारीलाई खटाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!