२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

दार्चुलामा प्रहरी चौकी इन्चार्ज र ट्राफिक प्रहरी बीच झडप हुँदा प्रहरी हवल्दार घाइते

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

ABC (क्राईमबिट)
धनगढी । दार्चुलामा प्रहरी चौकीमा नै प्रहरीहरूबीच झडप हुँदा एक प्रहरी हवल्दार घाइते भएका छन्। बुधबार राति करिब ८ बजे मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो।

सवारी साधन चेकजाँचको विषयलाई लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद बढ्दै गएपछि झडप भएको एक प्रहरी अधिकारीले जानकारी दिए।

मालिकार्जुन प्रहरी चौकीभित्रै उनीहरुबीच झडप भएको थियो। झडपमा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएको बताइएको छ। उनको हात र शरीरमा चोट लागेको छ। झडपमा संलग्न सुरक्षाकर्मीहरू लाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!