२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

बाह्रकुने दहलाई वडा प्रहरी घोराहीको विशेष सुरक्षा लागू प्रहरी गर्ने निरीक्षक : सापकोटा

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८


(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका ७ मा रहेको बाह्रकुने दहमा प्रतेक बर्ष लाग्ने मेला लाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय घोराहीले विशेष सुरक्षा योजना अघि सारेको छ । दह मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हिर्देश सापकोटाले बताए पर्यटकिए एवं धार्मिक स्थल बाह्रकुने दहमा माघे सन्क्रान्तीको अवसरमा लाग्ने मेलाका साथै घोराही उपमहानगरपालिका क्षेत्रका वडाहरुमा मोबाइल गस्ती समेत परिचालन गर्ने निरीक्षक सापकोटाले बताए वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक सापकोटाको नेतृत्वमा ९० जनाको प्रहरी टोलि समेत परिचालन गर्ने भएको छ । घोराही आसपासका वडाहरुमा मोटरसाइकल र घुम्ती गस्ती टोलि समेत परिचालन गर्ने छ । पुस २९ गते देखि नै विशेष टोलि परिचालन गर्ने बताएको छ । चार्डपर्वको बेला होहल्ला गर्ने र समाजमा असान्त मच्चाउने कृयाकलाप गर्ने ब्यक्तिहरुलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउने वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक सापकोटाले बताए । साथै सादा पोसाकमा २४ घन्टा प्रहरी परिचालन गरिएको समेत उनले बताएका छन । चाडपर्वमा शान्तिपुर्वक मनाउन र समाजमा खलल पुग्ने कृयाकलाप हरु नगर्न समेत सबैमा आग्रह गरिएको छ । साथै तीब्र गतीमा सवारी साधन र मोटरसाइकल चलाउने हरुलाई समेत ट्राफिक प्रहरीको समन्वय गरेर कार्वाही गर्ने प्रहरी निरीक्षक सापकोटाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!