२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

काठमाडौं टंगाल भाटभटेनीमा मापदण्ड विपरीत मासु भण्डारण तथा बिक्रि वितरण

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

(ABC-Sanchar)
काठमाडौँ । देशकै ठुलो सुपर मार्केट भाटभटेनीले आफ्नो बिक्रि कक्षमा मापदण्ड विपरीत मासु भण्डारण तथा विक्रिवितरण गरेको भेटिएको छ । मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री वितरण सम्बन्धी निर्देशिका, २०७३ अनुसार फ्रोजन मिट माइनस १८ डिग्री सेल्सियस वा सो भन्दा तलको तापक्रममा भण्डारण गर्नुपर्ने भए पनि पुल्चोक, ललितपुरस्थित भाटभटेनीले भने ढक्कन नै नभएको फ्रिजरमा खुल्ला रूपमा राखेको र विक्रिवितरण गरेको भेटिएको हो ।

शुक्रवार अपराह्न स्टोरको डिस्पे बोर्ड खुल्ला मात्रै होइन, सबै फ्रिजरको स्लाइडिङ नै थिएन ।

सामान्यतयाः चिसो पारेको मासु(चिल्ड मिट) भन्नाले जिरोदेखि ४ डिग्री सेल्सियस तापक्रममा भएको कोल्ड रूपमा भण्डारण गरेको मासु सम्झिनु पर्ने र फ्रोजन मिटको हकमा माइनस १८ डिग्री कायम गरिनु पर्ने सरकारी मापदण्ड नै भाटभटेनीले उल्लङ्घन गरेको भेटिएको छ ।

यसबारे स्टोरकी स्टोर म्यानेजर मुना राईसँग प्रतिक्रिया लिन खोजेका थियौँ तर उनी यसबारे कुरा उठाएपछि अफ टायम भएको भन्दै यसरी पन्छिइन् ड्युटी अफ भई सक्यो म अहिले घर जाँदै छु, मैले केही अर्जेन्ट हो कि भनेर फोन रिसिभ गरेको र डिउटी आवरमा मात्रै आफ्नो भनाई राख्ने जवाफ दिइन् ।मासु तथा मासुजन्य पदार्थहरू चाँडो बिग्रने तथा बाहिरी सङ्क्रमणसमेत छिटो हुने भएकोले पनि अनिवार्य मापदण्ड पालना गरिनुपर्छ । बजारमा गुणस्तरहीन सामानहरूको बिगबिगी भई रहँदा ठुलो र प्रतिष्ठित कहलिएकै स्टोरहरूमा मासु जस्तो छिटो बिग्रने पदार्थहरूमा किसिमको लापरबाही कहिले सम्म ? यसमा सरोकारवाला सरकारी निकायको ध्यान पुग्न जरुरी छ ।

त्यसो त यस अघि पनि पटक पटक कालोबजारीमा सरकारले भाटभटेनीलाई कारबाही गरिसकेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा बढी मूल्य लिएको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित सुपर भाटभटेनी सुपर मार्केटलाई कारबाही गरिएको थियो ।

सम्बन्धित समाचार : बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग

यसैगरी म्याद नाघेको पिउने पानी बिक्री गरेको भेटिएसँगै भाटभटेनीको हनुमानस्थान शाखा पनि कारबाहीमा परेको थियो ।

सम्बन्धित समाचार : म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई तीन लाख जरिवाना

ठुला भनिएका व्यवसायीहरूबाटै जनताहरू ठगिने र मापदण्डहरू उल्लङ्घन गर्ने गरिएको भन्दै जनस्तरबाट व्यापक आलोचना भएपछि भाटभटेनी सुपर मार्केटले गल्ती भएको स्विकार गरेको थियो । सम्बन्धित समाचार : भाटभटेनीले भन्यो -‘प्राविधिक र कानुनी रूपमा गल्ती नै हो, हामी स्वीकाछौँ’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!