०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

काठमाडौं टंगाल भाटभटेनीमा मापदण्ड विपरीत मासु भण्डारण तथा बिक्रि वितरण

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

(ABC-Sanchar)
काठमाडौँ । देशकै ठुलो सुपर मार्केट भाटभटेनीले आफ्नो बिक्रि कक्षमा मापदण्ड विपरीत मासु भण्डारण तथा विक्रिवितरण गरेको भेटिएको छ । मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री वितरण सम्बन्धी निर्देशिका, २०७३ अनुसार फ्रोजन मिट माइनस १८ डिग्री सेल्सियस वा सो भन्दा तलको तापक्रममा भण्डारण गर्नुपर्ने भए पनि पुल्चोक, ललितपुरस्थित भाटभटेनीले भने ढक्कन नै नभएको फ्रिजरमा खुल्ला रूपमा राखेको र विक्रिवितरण गरेको भेटिएको हो ।

शुक्रवार अपराह्न स्टोरको डिस्पे बोर्ड खुल्ला मात्रै होइन, सबै फ्रिजरको स्लाइडिङ नै थिएन ।

सामान्यतयाः चिसो पारेको मासु(चिल्ड मिट) भन्नाले जिरोदेखि ४ डिग्री सेल्सियस तापक्रममा भएको कोल्ड रूपमा भण्डारण गरेको मासु सम्झिनु पर्ने र फ्रोजन मिटको हकमा माइनस १८ डिग्री कायम गरिनु पर्ने सरकारी मापदण्ड नै भाटभटेनीले उल्लङ्घन गरेको भेटिएको छ ।

यसबारे स्टोरकी स्टोर म्यानेजर मुना राईसँग प्रतिक्रिया लिन खोजेका थियौँ तर उनी यसबारे कुरा उठाएपछि अफ टायम भएको भन्दै यसरी पन्छिइन् ड्युटी अफ भई सक्यो म अहिले घर जाँदै छु, मैले केही अर्जेन्ट हो कि भनेर फोन रिसिभ गरेको र डिउटी आवरमा मात्रै आफ्नो भनाई राख्ने जवाफ दिइन् ।मासु तथा मासुजन्य पदार्थहरू चाँडो बिग्रने तथा बाहिरी सङ्क्रमणसमेत छिटो हुने भएकोले पनि अनिवार्य मापदण्ड पालना गरिनुपर्छ । बजारमा गुणस्तरहीन सामानहरूको बिगबिगी भई रहँदा ठुलो र प्रतिष्ठित कहलिएकै स्टोरहरूमा मासु जस्तो छिटो बिग्रने पदार्थहरूमा किसिमको लापरबाही कहिले सम्म ? यसमा सरोकारवाला सरकारी निकायको ध्यान पुग्न जरुरी छ ।

त्यसो त यस अघि पनि पटक पटक कालोबजारीमा सरकारले भाटभटेनीलाई कारबाही गरिसकेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा बढी मूल्य लिएको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित सुपर भाटभटेनी सुपर मार्केटलाई कारबाही गरिएको थियो ।

सम्बन्धित समाचार : बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग

यसैगरी म्याद नाघेको पिउने पानी बिक्री गरेको भेटिएसँगै भाटभटेनीको हनुमानस्थान शाखा पनि कारबाहीमा परेको थियो ।

सम्बन्धित समाचार : म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई तीन लाख जरिवाना

ठुला भनिएका व्यवसायीहरूबाटै जनताहरू ठगिने र मापदण्डहरू उल्लङ्घन गर्ने गरिएको भन्दै जनस्तरबाट व्यापक आलोचना भएपछि भाटभटेनी सुपर मार्केटले गल्ती भएको स्विकार गरेको थियो । सम्बन्धित समाचार : भाटभटेनीले भन्यो -‘प्राविधिक र कानुनी रूपमा गल्ती नै हो, हामी स्वीकाछौँ’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!