ABC (क्राईमबिट)
रोल्पा । सुनछहरी गाउँपालिका वडा नं ४ स्युरीमा एक शिक्षक झुन्डिएको अवस्थामा फेला परेका छन् । सुनछहरी गाउँपालिका वडा नं ४ फुलवारी टोल स्थित श्री सिद्ध प्राथामिक विद्यालयमा कार्यरत २८ वर्षीय धन बहादुर विक माघ महिनाको १ गते शनिवार साझ आफ्नै घरको उपल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय स्यरीका हवल्दार बेगम नेपालीले जानकारी दिनुभयो । घटना के कारणले भयो भन्ने बारेमा जानकारी नभएको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोलि घटना स्थल तर्फ गैरहेको प्रहरी कार्यलय स्युरीले बताएको छ ।