१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नेपालगञ्जमा वायुयान सङ्ग्रहालय (म्युजियम) माघ १ गतेबाट सञ्चालनमा

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

(ABC-Sanchar)
बाँके । एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा सङ्ग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको उक्त सङ्ग्रहालय विशेषत विद्यार्थीका लागि अध्ययनस्थल बन्ने क्याप्टेन उप्रेतीको भनाइ छ । नौ वर्षअघि धनगढीमा रु डेढ करोड लागतमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको सङ्ग्रहालय नेपालगञ्ज ल्याएर तयारी अवस्थामा पुर्‍याउन करिब रु ३० लाख थप लगानी भएको छ । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई सङ्ग्रहालय बनाइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका-१२ सँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित सङ्ग्रहालय राखिएको छ । उपमहानगरपालिकाको सहमतिमा वायुयान सङ्ग्रहालयका लागि करिब सात कट्ठा जग्गा प्रयोग गर्न दिइएको हो । स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगञ्ज ल्याउन पहल गरिएको नेपालगञ्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

error: Content is protected !!