२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

कोरोनाको कारण देखाउँदै प्रतिनिधिसभा बैठक अर्को सूचना नआउँदासम्म स्थगित

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

(ABC-Sanchar)
काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाको सोमबारका लागि बोलाइएको बैठक कोरोना संक्रमणका कारण बस्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गरिएको छ ।

संसद्का महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
कोरोना संक्रमण बढ्दै गएका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ । ‘माघ ३ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक कोभिड-१९ को बढ्दो संक्रमणका कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकोले’ स्थगित गरिएको सूचनामा उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक माघ १६ गते आइतबार दिनको १ बजेका लागि निर्धारण गरेको पनि सूचनामा उल्लेख छ ।प्रतिनिधिसभा बैठक यसअघि पनि पटक-पटक स्थगित हुँदैआएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको अवरोधका कारण पछिल्लो समय संसद्ले काम गर्न सकिरहेको छैन । राष्ट्रिय सभाको बैठक पनि पटक-पटक सूचना टाँसेर स्थगित गरिँदै आएको छ । सोमबारका लागि आह्वान गरिएको राष्ट्रिय सभाको बैठक पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना आइतबार मात्रै जारी गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!