१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नेपाल प्रहरीको बढुवा भएका २२ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा बढुवा हुनुभएका २४ प्रहरी अधिकृतमध्ये आज २२ प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो।

महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतीसँगै जिम्मेवारी थपिएको भन्दै इमान्दार र क्रियाशील भएर कर्तव्य पालन गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले कोभिड–१९ को बढ्दो सङ्क्रमणप्रति संवेदनशील एवं चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो।

समाजमा हुनसक्ने सुरक्षा चुनौतिप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशील हुनुपर्ने उहाँको भनाइ थियो। पदोन्नति भएका अधिकृतको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक पूजा सिंहले पदोनन्तिसँगै थपिएको जिम्मेवारीलाई सङ्गठनको गरिमा र महत्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आआफ्नो स्थानबाट निष्ठापूर्वक र इमान्दारीसाथ खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

दज्र्यानी चिह्नबाट सुशोभित हुनेमा प्रहरी नायब महानिरीक्षक सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इञ्जिनीयर रामकुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायब उपरीक्षक र १४ प्राविधिक प्रहरी निरीक्षक रहनुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

error: Content is protected !!