११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

जीप दुर्घटना हुँदा १ जनाको मृत्यु ५ जना घाइते

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

ABC (क्राईमबिट)
उदयपुर । सिद्धिचरण राजमार्गको कटारी मरुवा खण्डमा साेमवार दिउँसाे जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु तथा पाँच जना घाइते भएका हुन् ।

बा १० च ४१८८ नम्बरको जीप आफैँ अनियन्त्रित भइ दुर्घटनामा गम्भीर घाइते भएका कटारी नगरपालिका-८ पाखाटोलका ३८ वर्षीय विक्रम रानामगरको उपचारका क्रममा ज्यान गएकाे हाे ।

जीप चालककाे खोजी भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा कटारी नगरपालिका-८ पट्नाभञ्ज्याङकी ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, घुम्तीकै दीपक श्रेष्ठको सात वर्षीय छोरा दिवश श्रेष्ठ, ४८ वर्षीया बुद्धमाया श्रेष्ठ, ३६ वर्षीया बेदकुमारी थापामगर घाइते भएका छन्। घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!