०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

सर्लाहीमा बस पल्टिँदा १६ जना घाइते

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

ABC (क्राईमबिट)
सर्लाही । पोखराबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नी यातायात पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।

गुडिरहेको बस एक्कासी पल्टिएर राजमार्गभन्दा तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए । दोङका अनुसार ब्रेक लगाएको अवस्थामा बस पल्टिएको हो ।
बसमा रहेका सबै घाइते भएका हुन् । उनीहरुको उपचारका लागि अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक दोङले बताए । उनका अनुसार घटनाको विस्तृत विवरण संकलनको काम भइरहेको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बसका चालक फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको जानकारी दिए । ‘बस दुर्घटनामा परेको खबर पाएलगत्तै हाम्रो टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेर अस्पताल पुर्‍याएका छौं, बसमा सवार सबै घाइते छन्,’ उनले भने, ‘दुर्घटनाको कारणबारे पत्ता लगाउने प्रयास भइरहेको छ ।’
घाइतेहरुको हरिवनस्थित नमुना अस्पताललगायत स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]

(एबिसि संचार ) अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।