१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

सर्लाहीमा बस पल्टिँदा १६ जना घाइते

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

ABC (क्राईमबिट)
सर्लाही । पोखराबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नी यातायात पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।

गुडिरहेको बस एक्कासी पल्टिएर राजमार्गभन्दा तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए । दोङका अनुसार ब्रेक लगाएको अवस्थामा बस पल्टिएको हो ।
बसमा रहेका सबै घाइते भएका हुन् । उनीहरुको उपचारका लागि अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक दोङले बताए । उनका अनुसार घटनाको विस्तृत विवरण संकलनको काम भइरहेको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बसका चालक फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको जानकारी दिए । ‘बस दुर्घटनामा परेको खबर पाएलगत्तै हाम्रो टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेर अस्पताल पुर्‍याएका छौं, बसमा सवार सबै घाइते छन्,’ उनले भने, ‘दुर्घटनाको कारणबारे पत्ता लगाउने प्रयास भइरहेको छ ।’
घाइतेहरुको हरिवनस्थित नमुना अस्पताललगायत स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!