२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

बानेश्वर कान्तिपुर इन्टरनेश्नल कलेज बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच झडप केही घाइते

Logo
प्रकाशित बुधबार, माघ ०५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । कोरोना संक्रमित र संक्रमण नभएका विद्यार्थीलाई एकै ठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थीहरू र प्रहरीबीच झडप भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियाे । त्यसै क्रममा केही विद्यार्थी घाइते भएकाे छ । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको जानकारी दिए । बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले कलेजको गेटमा तालाबनदी गरेका विद्यार्थीहरुकाे भनाई छ ।

एक विद्यार्थीका अनुसार कलेजमा स्यानिटाइजर पनि नराखिएको बताए । मंगलबार हिमालयन ह्वाइट हाउस कलेज, पुतलीसडकमा पनि संक्रमित र संक्रमण नभएको विद्यार्थीलाई सँगै राखेर परीक्षा लिइएको भन्दै विद्यार्थीहरुले परीक्षा नै बहिस्कार गरेका थिए । यतिबेला विभिन्न संकायका स्नातक तह तेस्रो र प्रथम वर्षका परीक्षाहरू सञ्चालन भइरहेका छन् भने केही सञ्चालनको क्रममा रहेका छन् ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र, शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरूले कोभिड ओमिक्रोन सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै भौतिक उपस्थिति रहने शैक्षिक क्षेत्रका गतिविधिमा रोक लगाएका बेला त्रिभुवन विश्वविद्यालयले भने धमाधम परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कतिपय विद्यार्थी स्वयम् कोरोना सङ्क्रमित भएका बेला विश्वविद्यालयले परीक्षा सञ्चालन गरेर जोखिम बढाएको भन्दै विद्यार्थीहरूले परीक्षा सार्नका लागि माग गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!