२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

काठमाडौं बसपार्कमा सामूहिक बलात्कार प्रकरणमा ३ होटल सञ्चालक पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । ३ साताअघि नयाँ बसपार्कमा एक महिलामाथि नौ जनाबाट भएको सामुहिक बलात्कार घटनामा प्रहरीले होटल सञ्चालकलाई समेत पक्राउ गरी मुद्दा चलाएको छ।

घटनामा उनीहरुको समेत चरम गैरजिम्मेवारीपन रहेको प्रहरीको भनाई छ।

होटल सञ्चालकहरु जानुका घिमिरे पोखरेल, मञ्जु खरेल न्यौपाने र द्रोणचार्य पौडेललाई पक्राउ गरी घटनाका मतियारमा रुपमा अभियोग लगाएको छ।

यस्ता अपराधमा होटल सञ्चालकलाई समेत उत्तरदायी बनाउन सरकारी वकिल कार्यालयकै परामर्शलाई उनीहरुलाई पक्राउ गरी मतियारका रुपमा मुद्दा दायर गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!