१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

यमनीको जेलमा हवाई आक्रमण १०० औ भन्दा धेरैको मृत्यु भएको अनुमान

Logo
प्रकाशित शनिबार, माघ ०८, २०७८

(ABC-Sanchar)
काठमाडौं । यमनी जेलमा भएको हवाई आक्रमणमा सय जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा दुई सय जनाभन्दा धेरै घाइते भएका उद्धारकर्ताले बताएका छन् ।

उद्धारकर्मीले आक्रमणपछि ध्वस्त भएका जेलका भवनबाट क्षतविक्षत शव निकालेर थुपार्दै गरेका तस्बिर सार्वजनिक भएका छन् ।

सादा सहरका दुई अस्पतालमा उनीहरुको उपचार भइरहेको र गम्भीर घाइतेको सङ्ख्या धेरै भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने यमनमा रहेको रेडक्रस अन्तर्राष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले बताएको समाचार संस्था एएफपीले जनाएको छ । यमनभर अहिले इन्टरनेट सेवा बन्द भएको छ ।

हुथी विद्रोहीले संयुक्त अरब इमिरेट्समा हवाईजहाज र क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको पाँच दिनपछि यी हमला भएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!