२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सोमबारसम्म केही स्थानमा वर्षा हुने मौसम विज्ञान विभाग

Logo
प्रकाशित शनिबार, माघ ०८, २०७८


(ABC-Sanchar)
काठमाडौं । आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतवार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ।

उक्त प्रणालीको प्रभावले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने बताइएको छ।

विभागले चेतावनी तथा परामर्श जारी गदै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश नं एकका एक/दुई स्थानमा हल्का वर्षाको संभावना रहेको जनाएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]