१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सशस्त्र प्रहरीको २१औं दिवसको अवसरमा प्रभातकालीन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीको २१ औं दिवस-२०७८ को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आइतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ ।

उक्त विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक खनालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई एक अब्बल सुरक्षा निकायको रुपमा स्थापित गर्ने सिलसिलामा शहीद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान तथा त्यागको स्मरण गरे ।

उनले सांगठानिक बिकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अवकाश प्राप्त अग्रज संगठन प्रमुखहरु एवं पूर्व राष्ट्रसेवकहरुको साथै वहालवाला सकल दर्जाका राष्ट्रसेवकहरुले पुर्याएको योगदान र कर्तव्य परायणताको मुक्तकण्ठले प्रशंसा गर्दै कर्तव्यपालनको सिलसिलामा शारिरीक क्षती व्यहोरेका राष्ट्रसेवकहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

उक्त विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान-२०७८’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार पारस खाम्चालाई ‘वर्ष जवान’ को ट्याग प्रदान गरे ।

महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गरेका उक्त विशेष समारोहमा देशभरका एकाईहरुमध्ये सर्वोत्कृष्ट ठहरीएका तालिम शिक्षालय, गण हेक्वा, गुल्म हेक्वा तथा बोर्डर आउट पोष्टलाई रनिङ्ग अवार्ड समेत प्रदान गरे ।

त्यसैअवसरमा उनले विभिन्न प्राकृतिक प्रकोपबाट पीडित बहालवाला तथा अवकाशप्राप्त १३ जना राष्ट्रसेवकहरुलाई नगद राहत उपलब्ध गराउनुको साथै संगठनलाई अनुकरणीय सहयोग पुर्याउने विभिन्न क्षेत्रका महानुभावहरुलाई समेत कदरपत्र प्रदान गरे ।यसैगरी अमर सशस्त्र प्रहरीका ७२ जना सन्ततिहरुको शिक्षाको लागि वार्षिक रुपमा उपलब्ध गराउने गरिएको छात्रबृत्ति रकम तथा १२ कक्षा उतीर्ण भई उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ती स्वरुप उपलब्ध गराईएको नगद कल्याण्कारी सेबा केन्द्रबाट उनिहरुको बैक खातामा जम्मा गरिएको छ ।

यसैगरी ७० बर्ष पुरा भएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई जनही १२ हजारको दरले तथा बर्षभरी गम्भिर रोगले ग्रष्त भई उपचार गराई रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुको परिवारजन गरी ७५ जनालाई नगद सहयोग समेत उनिहरुको बैक खातामा जम्मा गरिएको छ ।

सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले ब्रेन ट्युमरबाट पीडित सशस्त्र प्रहरी कर्मचारीको परिवार सिजन सुनारलाई नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गरिन् ।

सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

error: Content is protected !!