२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीकाे ठुलो सफलता घोराही कारागारबाट फरार कैदी नाइके यमराज परियार पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १०, २०७८


(सागर थापा)
दाङ । घोराही कारागारबाट फरार कैदी नाईकेलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ  । घोराही कारागारबाट उपचारको बाहाना रची फरार भएका कैदी नाईके राजपुर गाउँपालीका ३ बस्ने २९ वर्षीय यमराज परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छ्न ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका परियार गत पुस ८ गते फरार भएका थिए । घाेराहीस्थित एक होटेलबाट उनी फरार भएका थिए । परियारले उपचारका लागि उनैलाई लगेर गएका प्रहरी जवान धन बहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईकल लिएर फरार भएका थिए ।

कैदी परियार फरार भएपछि छानबिन तथा खोजतलास समिति गठन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले तालुक प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा मार्फत भारतीय प्रहरीसँगको समन्वयमा खोजी कार्य गर्ने क्रममा सोमवार नेपाल भारतको सिमाक्षेत्र बाँके नेपालगञ्ज १५ जमुनाहनाकाबाट पक्राउ गरिएको एसपी काफ्लेले पत्रकार सम्मेलनमा बताए।

कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय भएकोमा परियारले हाल सम्म ७ बर्ष कैद भुक्तान गरिसकेका छन् । कारागारमा पहिला चौकीदार हुदै नाईके समेत भएका परियार फरार भई पक्राउ परेपछि कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार थप कारवाही हुने भएको छ । परियारलाई बाँकी कैदको डेढी बढाई कैद सजायको ब्यवस्था हुने एसपी काफ्लेले जानकारी दिए । कैदी फरार प्रकरणमा संलग्न रहेकाे आशङ्कामा दुई जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । कारगार चलान हुनेमा कैदीलाई अस्पताल लैजाने प्रहरी धनबहादुर चाैधरी रहेका छन् । त्यस्तै कारागार चलान हुनेमा एक युवती समी चाैधरी रहेको दाङ एसपी काफ्लेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।