३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

सशस्त्र प्रहरीमा बदनामलाई पुरस्कार किन

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । महिनौंसम्म उच्च पदहरु रिक्त राखेर प्रहरी अधिकृतको करिअर अस्तव्यस्त बनाइएको सशस्त्र प्रहरी बलको स्थापना दिवसमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालददेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले संगठनको मनोबल बढाउने भाषण गरे । तर, सशस्त्र प्रहरीका समस्याबारे भने कसैले चासो दिएन ।

सशस्त्र प्रहरीमा सरुवा र बढुवा नियमित हुन छाडेका छन् । अन्यायमा परेको भनेर कसैले उजुरी गरेपनि त्यसको सुनुवाई हुँदैन । तर, स्थापना दिवसमा भने सबैले चर्काे कुरा गरेको सुनेर सशस्त्र प्रहरी कर्मचारी आश्चर्यमा परेका छन् ।

गत साउनमा हुनुपर्ने इन्सपेक्टर, डिएसपी र लेखापालको सरुवा अझै हुनसकेको छैन । इन्सपेक्टरभन्दा माथि करिब एक सय पद रिक्त भए पनि पद रिक्त राखिएको छ । जबकि, १७ वर्षदेखि सशस्त्रका इन्सपेक्टरहरु एउटै पदमा काम गर्न बाध्य छन् । सरकारले बिओपीको संख्या पाँच सय पु¥याउने लक्ष्य राखेपनि यो वर्ष दरबन्दी थप नहुँदा बिओपीको संख्या बढ्ने सम्भावना देखिएको छैन । स्थापना दिवसमा यसतर्फ कुनै विषय नै उठाइएन ।

साथै, सशस्त्र प्रहरी दिवसमा दिइएका कतिपय पुरस्कारमाथि पनि प्रश्न उठेका छन् । बदनामलाई पुस्कृति गरिएको भन्दै आलोचना भएको छ ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!