२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

नेपाल प्रहरी प्रधान कार्यालयमा हलचल सुरु ?

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रि स्याट परीक्षामा प्रश्नपत्र नै चोरी भएको नेपाल प्रहरीको स्याट परीक्षा पनि विवादमा परेको छ । कोरोना संक्रमित रहेका प्रहरीले नै नक्कली पिसिआर रिपोर्ट पेश गरी परीक्षा दिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

राष्ट्रसंघका प्रतिनिधि समेतको सहभागितामा सोमबार प्रहरीमा शान्ति मिसन जानका लागि पास गर्नुपर्ने स्याट परीक्षा दिइएको थियो । जसमा सहभागी हुन पिसिआर रिपोर्ट अनिवार्य भनिएको थियो । केही प्रहरीले परीक्षा दिन नपाउने भएपछि संक्रमित नभएका व्यक्तिको स्वाव आफ्नो नाममा दिन लगाएर झुक्याएका हुन् । यो विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

यसअघि यूएन शाखाका एसपीकै घर्राबाट प्रश्नपत्र चोरी गरी बिक्रि समेत भएको थियो । जसमा संलग्न सइसहित तीन जना बर्खास्त भइसकेका छन् । त्यो परीक्षा रद्द गरी पछि अर्काे परीक्षा सञ्चालन गरिएको थियो । प्रि–स्याटमा सफल हुने मात्र स्याट परीक्षामा सहभागी हुन पाउँछन् ।

 

शान्ति मिसनमा अवसर कम हुँदै गएकाले स्याट परीक्षा उत्तिर्ण गरेपनि जाने सम्भावना भने कम हुन्छ । महिला र एकपटक पनि नगएकालाई प्राथमिकताका आधारमा पठाउने मापदण्ड बनाइएको छ । अर्काेतर्फ तल्लो तहका प्रहरीको आकर्षण रहेको एफपीयु मिसन पनि बन्द भइसकेको छ ।

उता महानगरीय अपराध महाशाखाका एक इन्सपेक्टर अनियमिततामा मुछिएका छन् । इन्सपेक्टर सानाकान्छा रम्तेलले सुन पसल चोरी गर्नेलाई पक्राउ गरी मुद्दा नचलाई छाडेको खुलेपछि हाल छानबिन थालिएको छ । एसएसपी चन्द्रकुबेर खापुङको कार्यकालमा महाशाखामा यस्ता धेरै बदमासी भएको प्रहरी अधिकारी बताउँछन् ।

त्यस्तै, अदालतका कारण प्रहरीको भर्ना यो वर्ष अनिश्चित बनेको छ । भर्नामा थारु समुदायलाई छुट्टै कोटा माग गरी दायर गरिएको रिटमा अदालतले अन्तरकालिन अन्तरीम आदेश दिएर थप सुनुवाई नगरेपछि इन्सपेक्टर र जवानको भर्ना प्रक्रिया अन्योलमा परेको छ ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!