२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरी बाँकेको कमान्ड एसपी बस्नेतले सम्हाले तस्करी नियन्त्रण गर्न निर्देशन

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८

(महेन्द्र सिंह)
बाँके । सशस्त्र प्रहरी गण ३० नम्बर बाँकेको कमान्ड सम्हालेको केहिदिनमै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले तस्करीविरुद्ध खरो रुपमा उत्रिएका छन् । माघ ३ गते सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेको भोलिपल्ट देखिनै एसपी बस्नेतले सिमा तिर कडा निगरानी बढाउदै बाँकेभरका सबै बिओपीहरुमा निरीक्षण गर्दै सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध सशक्त रुपमा उत्रन निर्देशन दिएका छन् । साथै एसपी बस्नेतले बिओपी इन्चार्जहरु लाइ तस्करी विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न।

सदाझै तस्करी नियन्त्रण तथा सिमा नाकामा हुने अवैध गतिविधिविरुद्ध उत्रेका बाँकेका बिओपी कटकुइया ,नरैनापुर ,गङगापुर, खडैचा, कालाबन्जार ,जमुनाह, जयसपुर र बढैया बिओपीहरु सशस्त्र प्रहरी बाँकेका कमान्डर बस्नेतको निर्देशन अनुसार धमाधम तस्करीविरुद्ध उत्रदै अवैध सामाग्री बरामद गरेका छन् ।

एसपी बस्नेतको तस्करी नियन्त्रण गर्न दिइएको कडा निर्देशन पश्चात् आज बिहान मात्रै सशस्त्र प्रहरीले ठुलो परिमाणमा भन्सार छली गरि ल्याइएका लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको छ। मंगलबार बिहान ४ बजे नेपालगन्ज १७ परसपुरबाट सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक मन्दिर मगरको कमान्डमा गएको टोलीले २ लाख बढी रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ भने जयसपुर बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक हरिजित महतको कमान्डको टोलीले नेपालगन्ज १६ जयसपुरबाट ८६ हजार रुपैयाँ बराबरका थानको कपडा, ४७ पिस कुर्ता बरामद गरेको एसपी बस्नेतले जानकारी दिएका छन् ।

बरामद गरिएका अवैध सामग्रीहरुमा ४ क्विन्टल चिनी , १५ क्विन्टल हरिया केराउ, लत्ताकपडा,सुर्तीजन्य पदार्थ लगायत किराना बस्तुहरुलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]