२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा प्रहरीले लेनदेन मुद्दा र लागूऔषध मुद्दाका फरार प्रतिवादी २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले लेनदेन मुद्धामा फरार घोराही उपमहानगरपालिका १० का ४५ वर्षीय पशुपति आचार्य छन् । आचार्यलाई लेनदेन मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७७ चैत ५ गते एक वर्ष कैद सजाए तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेका उनलाई शनिबार घोराही उपमहानगरपालिका-१० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । उनलाई सोमबार नै जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लागूऔषध मुद्दामा सजाय तोकिएर फरार रहेका तुलसीपुर उपमहानगरपालिका-५ का ३६ वर्षीय समिम कुलेली पक्राउ परेका छन् ।

दाङ देउखुरी जिल्ला अदालतले उनलाई २०७७ असार २१ गते ४ वर्ष पाँच महिना कैद सजाय तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका उनलाई आइतबार तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो । समिमलाई पनि जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]