०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

दाङमा प्रहरीले लेनदेन मुद्दा र लागूऔषध मुद्दाका फरार प्रतिवादी २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले लेनदेन मुद्धामा फरार घोराही उपमहानगरपालिका १० का ४५ वर्षीय पशुपति आचार्य छन् । आचार्यलाई लेनदेन मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७७ चैत ५ गते एक वर्ष कैद सजाए तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेका उनलाई शनिबार घोराही उपमहानगरपालिका-१० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । उनलाई सोमबार नै जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लागूऔषध मुद्दामा सजाय तोकिएर फरार रहेका तुलसीपुर उपमहानगरपालिका-५ का ३६ वर्षीय समिम कुलेली पक्राउ परेका छन् ।

दाङ देउखुरी जिल्ला अदालतले उनलाई २०७७ असार २१ गते ४ वर्ष पाँच महिना कैद सजाय तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका उनलाई आइतबार तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो । समिमलाई पनि जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]