२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पुर्पक्षका लागि थुनामा

Logo
प्रकाशित बुधबार, माघ १२, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले सामूहिक बलात्कार आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । गत पुस १२ र १३ मा काठमाडौं–२६ गोंगबु मित्रनगरस्थित गेस्टहाउसमा लगेर ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई अदालतले बुधबार थुनामा राख्ने आदेश दिएको हो ।

सामूहिक बलात्कारको आरोपमा प्रहरीले मुगु छायानाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, २४ वर्षीय चन्द्र साउद, सोही नगरपालिका–६ का लिउडीका २१ वर्षीय सुरेश सेज्वाल र अर्घाखाँची सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिषलाई पक्राउ गरेको थियो ।
अदालतले घटनामा प्रयोग भएको होटलका सञ्चालकहरू तीन जनासँग जनही ३/३ लाख रुपैयाँ धरौटी माग गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]