२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पुर्पक्षका लागि थुनामा

Logo
प्रकाशित बुधबार, माघ १२, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले सामूहिक बलात्कार आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । गत पुस १२ र १३ मा काठमाडौं–२६ गोंगबु मित्रनगरस्थित गेस्टहाउसमा लगेर ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई अदालतले बुधबार थुनामा राख्ने आदेश दिएको हो ।

सामूहिक बलात्कारको आरोपमा प्रहरीले मुगु छायानाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, २४ वर्षीय चन्द्र साउद, सोही नगरपालिका–६ का लिउडीका २१ वर्षीय सुरेश सेज्वाल र अर्घाखाँची सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिषलाई पक्राउ गरेको थियो ।
अदालतले घटनामा प्रयोग भएको होटलका सञ्चालकहरू तीन जनासँग जनही ३/३ लाख रुपैयाँ धरौटी माग गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!