२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

काभ्रेमा ७ किलो गाँजासहित १ जना युवक बनेपाबाट पक्राउ

Logo
प्रकाशित बुधबार, माघ १२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । लागूऔषध गाँजासहित काभ्रेको बनेपा नगरपालिका-१२ बाँसडोलका सञ्जय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले मंगलबार ७ किलो ७ सय ९५ ग्राम गाँजासहित पक्राउ गरेको हो ।

तामाङले घर कोठाभित्र खाट मुनी उक्त गाँजा लुकाई राखेका थिए । बाँसडोल क्षेत्रमा लागूऔषध सेवनकर्ताहरु दिन प्रतिदिन बढदै गएको भन्ने स्थानियहरुको गुनासोपछि उक्त क्षेत्रमा प्रहरीले निगारनी गर्दै आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार प्रहरीको निगरानीपछि ईलाका प्रहरी कार्यालय बनेपाको टोलीले सञ्जयलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई लागूऔषध गाँजा मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!