
ABC (क्राईमबिट)
दाङ । गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनको भालुखोला सिमावर्ती क्षेत्रबाट बुधबार एकनाल भरूवा बन्दुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधवप्रसाद ढुङगेलले जानकारी दिए ।
सिमावर्ती क्षेत्र भालुखोला जंगलमा नियमित गस्तीको क्रममा (विओपी)कोइलाबास सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका प्रमुख माधवप्रसाद ढुङ्गेललेको कमाण्डमा खटिएको पैदल गस्तीले रूखको फेदमुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक (अवैध हतियार) बरामद गरेको हो ।
उक्त अवैध हतियार विभिन्न किसिमको चोरीपैठारी, वन्यजन्तुको तस्करी तथा अपराधीक क्रियाकलापमा प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।
बरामद गरिएको अवैध हतियार सिमा प्रहरी चौकी कोइलाबासलाइ बुझाइएको छ ।