३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

दाङको कोइलाबास नाका सिमावर्तीबाट सशस्त्र प्रहरीले भरुवा बन्दुक पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ १४, २०७८


ABC (क्राईमबिट)
दाङ । गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनको भालुखोला सिमावर्ती क्षेत्रबाट बुधबार एकनाल भरूवा बन्दुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधवप्रसाद ढुङगेलले जानकारी दिए ।

सिमावर्ती क्षेत्र भालुखोला जंगलमा नियमित गस्तीको क्रममा (विओपी)कोइलाबास सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका प्रमुख माधवप्रसाद ढुङ्गेललेको कमाण्डमा खटिएको पैदल गस्तीले रूखको फेदमुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक (अवैध हतियार) बरामद गरेको हो ।

उक्त अवैध हतियार विभिन्न किसिमको चोरीपैठारी, वन्यजन्तुको तस्करी तथा अपराधीक क्रियाकलापमा प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।
बरामद गरिएको अवैध हतियार सिमा प्रहरी चौकी कोइलाबासलाइ बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]