ABC (क्राईमबिट)
सर्लाही । सशस्त्र प्रहरीले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ३ भक्तिपुर टोलबाट बुधबार करीब १ लाख १६ हजार रुपैयाँ बराबरको ५५ क्यूफिट साल तथा टिकको काठ बरामद गरेको छ ।
सोही ठाउँमा लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सागरनाथबाट खटिएको सशस्त्र प्रहरी र सागरनाथ वन विकास परियोजनाको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद काठ सागरनाथ वन विकास परियोजनामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।