२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीले २ वटा मोटरसाइकलसहित १ लाख भन्दा बढीको मोबाइल र मदिरा पक्राउ

Logo
प्रकाशित आइतबार, माघ १६, २०७८


ABC (क्राईमबिट)
नवलपरासी । जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुईवटा मोटरसाइकल सहित १ लाख २५ हजार ४० रूपैयाँ मुल्य बराबरको मोबाइल र रक्सी बरामद गरेको छ ।

सशस्त्र प्रहरीले शनिबार साझ ७ बजेको समयमा प्रतापपुर गाउँपालिका वडा न.५ बैदोली स्थित गण्डक नहरको छेउ दशगजा नजिक नेपालबाट भारततर्फ अबैधरूपमा अन्दाजी १ लाख २० हजार मुल्य बराबरको १ सय ५० पिस मोबाइल झोलामा राखी यु पी ५६ यल २८०६ र बिआ ०६ सिई ७४१९ नम्बरको भारतीय मोटरसाइकलमा लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी वि ओ पि गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको नेतृत्वमा खटिएकाे मोबाइल गस्ती टोलीले मोटरसाइकल सहित मोबाइल बरामद गर्न सफल भएका हुन ।
मोटरसाइकलमा झोला भित्र मोबाइल राखी लैजादै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर मोटरसाइकल र मोबाइल बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए ।

उक्त दुईवटा मोटरसाइकलको अन्दाजी मुल्य १ लाख बराबर रहेको छ ।यसैगरी आईतवार बिहान प्रतापपुर गाउँपालिका वडा न.६ कठहवा स्थित दशगजा नजिक नेपालबाट अबैधरूपमा भारततर्फ लैजादै गरेको ५ हजार ४० रूपैयाँ मुुल्य बराबरको १ सय ६८ पिस किसमिस नामको रक्सी बोराभित्र राखेर काघमा बोकी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

बरामद गरेको दुईवटा मोटरसाइकल , मोबाइल र रक्सी स्थानिय प्रतिनिधिहरूको रोहवरमा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]