२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सिमा नाकामा घट्यो भारतबाट नेपाल फर्किनेको चाप

Logo
प्रकाशित आइतबार, माघ १६, २०७८


(ABC-Sanchar)
बाँके । माघ पहिलो सातासम्म भारतबाट घर फर्किनेको चाप निकै बढेको थियो । कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा दुवै नाकाबाट दैनिक एक/एक हजार बढीको संख्यामा नेपालीहरू घर फर्किरहेका थिए । घर फर्किने अधिकांशमा संक्रमण पनि देखिने गरेको थियो ।

एक सातायता भारतबाट घर फर्किनेको संख्या आधाले घटेको छ । भारतमा कोरोना संक्रमणको दर निरन्तर घट्दै गएको र बन्द भएको काम सुचारु हुन थालेका कारण घर फर्किनेको संख्या कम हुँदै गएको हो । अहिले दैनिक घर फर्किनेको संख्या ४/५ सय छ । घर फर्किनेको चाप बढेका बेला नाकामा दैनिक एक सय बढीमा संक्रमण पनि पुष्टि भइरहेको थियो ।
‘घर फर्किनेको चाप कम भएसँगै संक्रमित पनि कम देखिएका छन्,’ गड्डाचौकीस्थित हेल्थ डेस्कका सिनियर अहेव तर्कराज भट्टले भने, ‘भारतबाट घर फर्किनेको संख्या आधाले घटेको छ ।’ उनका अनुसार माघ पहिलो सातासम्म कामदारको ठूलो समूह घर फर्किएको थियो । तर अहिले फर्किने फाटफुट मात्रै कामदारहरू छन् । बाँकी हप्ता दस दिनमा ओहोरदोहोर गरिरहने नै छन् ।

गड्डाचौकी नाकाबाट शनिबार ४८२ जना भित्रिए । जसमध्ये ३४ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार भित्रिएका ५१४ मध्ये ३७ जनामा संक्रमण देखियो । बिहीबार भित्रिएका ५३७ मध्ये ५४ मा संक्रमण पुष्टि भएको अहेव भट्टले बताए । एक साताअघिसम्म गड्डाचौकी नाकामा दैनिक सय बढीमा संक्रमण पुष्टि भइरहेको थियो । भारतबाट फर्किनेको संख्या घटेका कारण संक्रमित कम देखिए पनि संक्रमणको दर भने अझै घटेको छैन । अहिले पनि घर फर्किनेमध्ये १० प्रतिशतभन्दा बढीमा संक्रमण देखिने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]