०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

तुलसीपुरका मेयर घनश्याम पाण्डेको छोरामाथि डेढ करोड ठगीको मुद्दा

Logo
प्रकाशित सोमबार, माघ १७, २०७८

ABC (क्राईमबिट)
दाङ । एकजना निर्माण व्यवसायीमाथि झण्डै डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा जाहेरीमा परेको छ । घोराही(१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोड बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

उनले घोराही तुलसीपुर फोरलेन सडकमा आफ्ना टिपर लगाएकाले त्यसको भाडा र इन्धनबापतको रकम १ करोड ४४ लाख रूपैयाँ नदिएको भन्दै पाण्डेविरुद्ध ठगी मुद्दामा जाहेरी दिएको बताए ।

तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा अनुप फोरलेनका ठेकेदार पनि हुन । तथ्य इन्जिनियरिङले जिम्मा लिएको फोरलेनको नेपालको मुख्य व्यक्ति पाण्डे नै रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । यता, जिल्ला प्रहरी कार्यालय दाङले पाण्डेविरुद्ध ठगीमा जाहेरी आएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले पाण्डेविरुद्ध पीडित व्यवसायीबाट जाहेरी आएको र जाहेरी दर्ता हुने बताए ।

उनले अन्य व्यवसायीहरूबाट पनि पाण्डेसहित मुख्य ठेकेदारविरुद्ध जाहेरी आउनेक्रममा रहेको जानकाररी दिए । उनले अदालतबाट पक्राउ पुर्जी आउनासाथ पक्राउ गरेर कानुनी दायरामा ल्याइने पनि बताए ।त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङले पनि पाण्डेविरुद्ध प्रशासनमा दैनिकजसो उजुरी आइरहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले मजदुरदेखि व्यवसायीले पैसा नपाएको गुनासोसहित उजुरी आइरहेको र उजुरी संकलनपछि कानुनी दायरामा जाने बताइन् । उनले पाण्डेविरुद्ध उजुरीको प्रशासनमा चाङ नै रहेको बताइन् । मुख्य ठेकेदार भने भारतीय कम्पनी हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!