२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा धेरै पुरानो अलपत्र रहेको फोरलेन सडकको काम फ़ेरि रोकियो

Logo
प्रकाशित सोमबार, माघ १७, २०७८


(ABC-Sanchar)
दाङ । निर्माण कार्य पटक पटक अलपत्र हुदैराही तुलसीपुर फोरलेन सडक कामको फेरी रोकिएको छ । गएको मंसिर ११ गते घोराहीमा सडक कार्य सुुभारम्भ भनि तामझामका साथ काम गर्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनीले फेरी काम अलपत्र पारेको छ ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डेले पेटी ठेकेदारलाई हटाई आफैले एक बर्ष भित्र सडक निर्माण सक्ने प्रतिबद्धता जनाएका थिए । तर अहिले काम शुन्य अबस्थामा रहेको छ । तथ्य इन्जिनियरिङले तीन वटा पेटी ठेकेदारलाई काम दिएको थियो तर उनिहरुले पनि अहिले कामलाई अलपत्र पारेका छन् ।

यसैबिच भालुुबाङ बाग्दुला भिमगिठे चन्द्रौटा लमही घोराही तुलसीपुर सडक आयोजनाले निर्माणको जिम्मा लिएको व्यवसायीबाट अब काम नहुने निष्कर्ष निकालेको छ । आयोजना प्रमुख अर्जुुन बमले विभागमा समेत पत्र पठाई उनिहरुको बिकल्प खोज्ने र पेस्की सहितको रकम फिर्ता लिने तयारी गरेको बताउनुुभयो ।

तथ्य इन्जिनियरिङले कामको जिम्मेवारी दिएका व्यवसायी अनुुप पाण्डे बिरुद्ध १६ जनाले ठगिएको भन्दै जिल्ला प्रशासनमा निबेदन दिएका छन् । निर्माण सामाग्रि लिएको, गाडी भाडामा लगाएको, मजदुरले काम गरेको, खाना खाएको, तरकारी किनेको पैसा नदिई आफुहरुलाई पाण्डेले ठगेको भन्दै प्रशासनमा निबेदन दिएका हुन् ।
अहिले सम्म जिल्ला प्रशासनमा ४ करोड ४५ लाख ४३ हजार रुपैयाँ पाउनुु पर्ने भन्दै निबेदन दिएको र उक्त पत्र आयोजना कार्यालयमा पठाईएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]