२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

नेपालगन्जको जथाभाबी पार्किङ ब्यबस्थित गर्दै बाँके ट्राफिक प्रहरी

Logo
प्रकाशित मंगलबार, माघ १८, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज उपमहानगरपालिकाको बजार क्षेत्रमा जथाभाबि पार्किङ गरी राखेका मोटरसाईकल ठेलागाडालाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले थप ब्यबस्थित गरेको छ ।
नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरि राखेका सवारी साधन मोटरसाईकल स्कुटी अटो, ठेलागाडाहरुलाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँके कोहलपुर र नेपालगन्ज ट्राफिकले निश्चित स्थानमा पार्किङ गर्न लगाउँदै ब्यवस्थित गर्दै आएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयका बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताएका छन । विशेष गरि नेपालगन्जको बजार क्षेत्र जस्तै त्रिभुवन चोक, सदरलाईन, त्रिबेणीमोडमा एकलैनी अव्यवस्थित रुपमा पार्किङ गरि सवारीसाधान राखिने गरिएको हुन्छ ।
पछिल्लो समयमा नेपालगन्ज ट्राफ्रिक प्रहरी कार्यालयले जनचेतना मुलक अभियानहरुमा पनि सक्रिय भुमिका निभाएको छ । गतसाता ट्राफ्रिक प्रहरी कार्यालय नेपालगन्जले मास्क वितरण, सरसफाई अभियान लगायतका कार्य गर्दै आएको छ । सडक दुर्घटना न्युनिकरण गर्न ट्राफ्रिक प्रहरीले सवारी चेकजाँचमा कडाई, साथै जनचेतना मुलक अभियान, प्रशिक्षण जस्ता कार्य गर्दै आएको नेपालगन्ज ट्राफिक प्रमुख लक्ष्मण एरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!