३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

नेपालगन्जको जथाभाबी पार्किङ ब्यबस्थित गर्दै बाँके ट्राफिक प्रहरी

Logo
प्रकाशित मंगलबार, माघ १८, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज उपमहानगरपालिकाको बजार क्षेत्रमा जथाभाबि पार्किङ गरी राखेका मोटरसाईकल ठेलागाडालाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले थप ब्यबस्थित गरेको छ ।
नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरि राखेका सवारी साधन मोटरसाईकल स्कुटी अटो, ठेलागाडाहरुलाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँके कोहलपुर र नेपालगन्ज ट्राफिकले निश्चित स्थानमा पार्किङ गर्न लगाउँदै ब्यवस्थित गर्दै आएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयका बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताएका छन । विशेष गरि नेपालगन्जको बजार क्षेत्र जस्तै त्रिभुवन चोक, सदरलाईन, त्रिबेणीमोडमा एकलैनी अव्यवस्थित रुपमा पार्किङ गरि सवारीसाधान राखिने गरिएको हुन्छ ।
पछिल्लो समयमा नेपालगन्ज ट्राफ्रिक प्रहरी कार्यालयले जनचेतना मुलक अभियानहरुमा पनि सक्रिय भुमिका निभाएको छ । गतसाता ट्राफ्रिक प्रहरी कार्यालय नेपालगन्जले मास्क वितरण, सरसफाई अभियान लगायतका कार्य गर्दै आएको छ । सडक दुर्घटना न्युनिकरण गर्न ट्राफ्रिक प्रहरीले सवारी चेकजाँचमा कडाई, साथै जनचेतना मुलक अभियान, प्रशिक्षण जस्ता कार्य गर्दै आएको नेपालगन्ज ट्राफिक प्रमुख लक्ष्मण एरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]