२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सरकारले मठमन्दिरमा ११ करोड बजेट अधिकांश अधुरै

Logo
प्रकाशित शुक्रबार, माघ २१, २०७८


(ABC-Sanchar)
सुर्खेत । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सार्वजनिक महत्त्वका कामको भौतिक संरचनातिर लगानी आस्थाका कामतिर आस्था मान्नेहरूले बढी फोकस गर्छन्, अहिले त्यतातिर ध्यान नदिऊँ ।’ तर उनकै कार्यकालमा धार्मिक क्षेत्रका नाममा राज्यको करोडौँ रकम खर्च भएको देखिन्छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रातोपाटीलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७५–७६ देखि गत आर्थिक वर्षसम्म मात्रै ६२ वटा गुम्बा र मन्दिरका नाममा १० करोड ८२ लाख बराबरको रकम छुट्याइएको देखिन्छ । जसमा हालसम्म ९ करोड ८६ लाख ७६ हजार ६५० रुपैयाँ खर्च भएको देखिन्छ । प्रदेश सरकारले लगानी गरेका मठमन्दिरहरू सामान्यतया: ३ लाखदेखि ५० लाखसम्मका रहेका छन् । यस शीर्षकमा पिकनिक स्थल बनाउनेदेखि पार्किङ स्थलका लागि पनि बजेट खर्च गरिएको देखिन्छ । लगानी गरिएकामध्ये अधिकांश मन्दिर अहिलेसम्म नामै नसुनिएका छन् । डोल्पामा ८ गुम्बा र ७ मन्दिर १० जिल्ला रहेको कर्णालीमा सबैभन्दा धेरै डोल्पामा मात्रै ८ वटा गुम्बा र ७ वटा मन्दिर गरी १५ धार्मिक केन्द्रका लागि प्रदेश सरकारले २ करोड ८० लाख बराबरको बजेट लगानी गरेको देखिन्छ । त्यसमा २ करोड ५९ लाख ६० रुपैयाँ बराबरकोे बजेट खर्च भएको देखिन्छ । डोल्पा तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको गृहजिल्ला हो । उनी प्रदेशमा अन्य मन्त्रीको तुलनामा धेरै समय मन्त्रालय चलाउन पाएका मन्त्री हुन् । यस्तै, अन्यमा साचेन गुम्बाका लागि ३० लाख, याङ्जोर गुम्बाका लागि ३५ लाख, सेम्दुकलतिन गुम्बाका लागि ३५ लाख, दुनै गुम्बा मर्मतका तथा संरक्षणका लागि २० लाख, दुधे दह तेलदह र मुकुटेस्वर तीर्थस्थल निर्माणका लागि २५ लाख, छल मन्दिरको पूर्वाधार निर्माण, साम्बाछोलिङ्ग गुम्बाका लागि २०÷२० लाखका दरमा रकम लगानी गरिएको छ । त्यस्तै त्रिपुरासुन्दरी फुलपाटी मन्दिरका लागि १० लाख, कृष्ण मन्दिरको लागि ७ लाख लगानी गरिएको छ । यी सबै योजना आर्थिक वर्ष ०७६–७७ का हुन् । त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा ५८ लाखका ५ वटा मन्दिर र गुम्बामा योजना रहेको उल्लेख छ । अधिकांश योजनामा विनियोजित बजेट पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।
सुर्खेतमा १३ मन्दिर र ८ गुम्बा
प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा १३ वटा मन्दिर र गुम्बामा २ करोड ४५ लाख बराबरको रकम लगानी गरेको देखिन्छ । जस मध्ये २ करोड ३६ लाख २८ हजार ६८० रुपैंया बराबरको रकम कार्यान्वयनमा आएको देखिन्छ । वीरेन्द्रनगर नगरपालिका–१०, पिपिरामा रहेको प्रसिद्ध मन्दिर देउती बज्यैको अन्य सार्वजनिक स्थल व्यवस्थापनका लागि मात्रै प्रदेश सरकारले आर्थिक वर्ष ०७६–७७ मा ४० लाख बजेट विनियोजन गरिएको देखिन्छ । तर अहिलेसम्म पुरा रकम कार्यान्वयनमा आएको छैन ।

प्रदेश सरकारले सोही वर्षमा आठ वटा गुम्बा तथा मन्दिरको अन्य सार्वजनिक स्थलको व्यवस्थापनका लागि मात्रै १ करोड १३ लाख बराबरको लगानी लगाएको छ । जसमा अहिलेसम्म नामै नसुनेका धार्मिक स्थल पनि रहेका छन् । देउती बज्यै मन्दिरका लागि आर्थिक वर्ष ०७५–७६ मा पनि १५ लाख बजेट छुट्याएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । ठिन्ले ताकतेन लिङ गुम्बा, रामजानकी मन्दिर निर्माण र पेम्बा याङदेल छुङ्देल गुम्बा निर्माणमा पनि प्रदेश सरकारले लाखौँ रकम लगानी गरेको देखिन्छ । डोल्पामा ८ गुम्बा र ७ मन्दिर १० जिल्ला रहेको कर्णालीमा सबैभन्दा धेरै डोल्पामा मात्रै ८ वटा गुम्बा र ७ वटा मन्दिर गरी १५ धार्मिक केन्द्रका लागि प्रदेश सरकारले २ करोड ८० लाख बराबरको बजेट लगानी गरेको देखिन्छ । त्यसमा २ करोड ५९ लाख ६० रुपैयाँ बराबरकोे बजेट खर्च भएको देखिन्छ । डोल्पा तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको गृहजिल्ला हो । उनी प्रदेशमा अन्य मन्त्रीको तुलनामा धेरै समय मन्त्रालय चलाउन पाएका मन्त्री हुन् ।

यस्तै, अन्यमा साचेन गुम्बाका लागि ३० लाख, याङ्जोर गुम्बाका लागि ३५ लाख, सेम्दुकलतिन गुम्बाका लागि ३५ लाख, दुनै गुम्बा मर्मतका तथा संरक्षणका लागि २० लाख, दुधे दह तेलदह र मुकुटेस्वर तीर्थस्थल निर्माणका लागि २५ लाख, छल मन्दिरको पूर्वाधार निर्माण, साम्बाछोलिङ्ग गुम्बाका लागि २०÷२० लाखका दरमा रकम लगानी गरिएको छ । त्यस्तै त्रिपुरासुन्दरी फुलपाटी मन्दिरका लागि १० लाख, कृष्ण मन्दिरको लागि ७ लाख लगानी गरिएको छ । यी सबै योजना आर्थिक वर्ष ०७६–७७ का हुन् । त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा ५८ लाखका ५ वटा मन्दिर र गुम्बामा योजना रहेको उल्लेख छ । अधिकांश योजनामा विनियोजित बजेट पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । सुर्खेतमा १३ मन्दिर र ८ गुम्बा प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा १३ वटा मन्दिर र गुम्बामा २ करोड ४५ लाख बराबरको रकम लगानी गरेको देखिन्छ । जस मध्ये २ करोड ३६ लाख २८ हजार ६८० रुपैंया बराबरको रकम कार्यान्वयनमा आएको देखिन्छ । वीरेन्द्रनगर नगरपालिका–१०, पिपिरामा रहेको प्रसिद्ध मन्दिर देउती बज्यैको अन्य सार्वजनिक स्थल व्यवस्थापनका लागि मात्रै प्रदेश सरकारले आर्थिक वर्ष ०७६–७७ मा ४० लाख बजेट विनियोजन गरिएको देखिन्छ । तर अहिलेसम्म पुरा रकम कार्यान्वयनमा आएको छैन ।

प्रदेश सरकारले सोही वर्षमा आठ वटा गुम्बा तथा मन्दिरको अन्य सार्वजनिक स्थलको व्यवस्थापनका लागि मात्रै १ करोड १३ लाख बराबरको लगानी लगाएको छ । जसमा अहिलेसम्म नामै नसुनेका धार्मिक स्थल पनि रहेका छन् । देउती बज्यै मन्दिरका लागि आर्थिक वर्ष ०७५–७६ मा पनि १५ लाख बजेट छुट्याएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । ठिन्ले ताकतेन लिङ गुम्बा, रामजानकी मन्दिर निर्माण र पेम्बा याङदेल छुङ्देल गुम्बा निर्माणमा पनि प्रदेश सरकारले लाखौँ रकम लगानी गरेको देखिन्छ । डोल्पामा ८ गुम्बा र ७ मन्दिर ।१० जिल्ला रहेको कर्णालीमा सबैभन्दा धेरै डोल्पामा मात्रै ८ वटा गुम्बा र ७ वटा मन्दिर गरी १५ धार्मिक केन्द्रका लागि प्रदेश सरकारले २ करोड ८० लाख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!