२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राहदानी विभागको अनलाइन फारम किर्ते गर्ने ३ जना काठमाडौंबाट पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । महानगरपालिका-११ त्रिपुरेश्वरस्थित विभागको हाता बाहिर अनलाइन फारम किर्ते गरी सेवाग्राहीहरूबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लम्जुङ बेसीसहर गाउँपालिका-११ घर भई काठमाडौंको टोखा बस्ने ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेका ३६ वर्षीय यमबहादुर थापामगर छन् ।

उनीहरूले किर्ते गरी सेवाग्राहीबाट रकम असुल गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । त्यसअनुसार खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।

मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६को किर्ते गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।

प्रहरीले यससम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ । उनीहरूबाट प्रहरीले ४० हजार नगद, ल्यापटप, ५० थान किर्तेका कागज लगायत केही सामग्री बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।