३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

सशस्त्र प्रहरीका ५६ जना इन्सपेक्टर डिएसपीमा बढुवा हुदै

Logo
प्रकाशित शनिबार, माघ २२, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । पद रिक्त भएको महिनौंपछि सशस्त्र प्रहरीमा इन्सपेक्टरबाट डिएसपी बढुवाको प्रक्रिया सुरु भएको छ । बढुवा समितिले शुक्रबार बढुवाका आकांक्षीहरुलाई सात दिनभित्र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न सूचना जारी गरेको छ ।
सशस्त्र प्रहरीमा डिएसपीका ५७ पद रिक्त छन् । यसमा इन्सपेक्टरको सिसं ५ का एक र सिसं ६ का ५६ जना इन्सपेक्टर डिएसपी हुने भएका छन् ।

सशस्त्र प्रहरीको सिसं ६, २०६२ सालमा भर्ना भएको टोली हो । जून ब्याचका अधिकृतहरु १६ वर्षदेखि एउटै पदमा छन् । सो ब्याचमा ८३ जना भर्ना भएका थिए । जसमध्ये ५६ जना मात्र हाल बढुवा हुने भएकाले २७ जना अझै छुट्ने भएका छन् । एसपीका ११ पद रिक्त छन् । रिक्त पदमा डिएसपीको बढुवा गरेर इन्सपेक्टर बढुवा गरेको भए थप ११ जना बढुवा हुने थिए । तर, एसपी पदमा बढुवा रोकेर डिएसपीमा प्रक्रिया अघि बढाइएको छ । जसकारण ५६ सिटमा ८३ जनाको प्रतिस्पर्धा हुने देखिन्छ ।

त्यस्तै, लेखातर्फ एक डिएसपी पदमा पनि बढुवा प्रक्रिया अघि बढाइएको छ । जसमा सिसं ४ का राजकुमार ढकाल प्रत्याशी हुन् । तर, हेडक्वार्टरको लेखामा बसेर अकुत कमाएका इन्सपेक्टर गणेश मल्ल पनि त्यसका लागि दौडधुपमा लागेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!