२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लमही खानेपानी निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानलको ऐतिहासिक बिजयी

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८


(सागर थापा)
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा जंगबहादुर चौधरीले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक प्यानल बिजयी भएको छ ।
अघिल्लो निर्वाचनमा पनि नेपाली काङ्ग्रेसबाट कोषाध्यक्ष पदमा चौधरी लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए ।
९ जना कार्यसमितिका लागि खानेपानी संस्थाको शनिबार मतदान भएको थियो । शुरूवाति चरणमै संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुले अग्रता लिएका थिए । सचिब पद बाहेक अन्य पदाधिकारी पदका लागि खास्सै प्रतिस्पर्धा देखिएन ।
सचिब पदका उम्मेदवार बसन्त आचार्य र दशरथ घिमिरे बिच कडा प्रतिस्पर्धा भएपनी अन्ततः संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार आचार्य थोरै मतान्तरले निर्वाचित भएका छन ।
कुल ४ हजार २ सय ७७ मतदाता रहेका मध्ये २७ सय ९ मत खसेको थियो । १० मत बदर भएको निर्वाचन संयोजक कुलचन्द्र पौडेलले जानकारी दिए ।
कसले कति मत ल्याए, हेर्नुहोस सम्पुर्ण विबरण सहित
अध्यक्ष
सनम कुमार पौडेल (हात्ती ) १०४३
जंग बहादुर चौधरी (बाघ) १५१८ बिजयी
उपाध्यक्ष
श्यामकला भुसाल (माछा ) ९३३
सीतादेबी चौधरी (भाले) १४२१ बिजयी
सचिब
दशरथ घिमिरे (गाग्री) ११७९
बसन्त आचार्य (धारा) १२३३ बिजयी
कोषाध्यक्ष
देवमणी चौधरी (मादल) ९८५
बासुदेब गौतम (बासुरी) १३७८ बिजयी
सदस्यहरु
धनमाया चौधरी (घडी ) ८८७
जगनारायण चौधरी (कैँची ) १४२१ बिजयी
पप्पु डाँगी (आँप ) ८५६
किरण चौधरी (केरा) १४४२ बिजयी
श्रीधर पौडेल (पुतली ) ८८८
ज्ञान बहादुर विक (चस्मा ) १४०० बिजयी
बिमला डाँगी (कुकर) ८६८
शिवा चौधरी (पंखा ) १४०९ बिजयी
सरस्वती पुन मगर (कुर्सी ) ८७०
सीता खत्री पोख्रेल (ओदान) १४५८ बिजयी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।