१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

कोहलपुरको बजारमा ३ वटा पसलमा रातिमा चोरी गर्ने २ बालक पक्राउ

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८

ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
न्यूरोड चोकमा रहेको कोहलपुर हाम्रो खाजाघर, न्यूरोडकै नांगलो रेष्टुरेन्ट एण्ड बार र पीपल चौतारामा रहेको लक्ष्मी नारायण स्टोर्स एण्ड महालक्ष्मी सेलमा चोरी गर्ने उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चोरीको खबर पाउनेबित्तिकै अनुसन्धनमा जुटेको प्रहरीले आइतबार बिहान सवा एघार बजेतिर कोहलपुरकै विद्युत रोडलाई उनीहरुलाई पक्राउ गरेको थियो ।

कोहलपुरकाअनुसार पक्राउ परेका दुबै बालकहरुले चोरीमा आफ्नो संग्लनता बताइसकेका छन् । कोहलपुर हाम्रो खाजाघरको काउण्टर फोडेर २७ हजार नगद लगेको सञ्चालक आकाश कार्कीले बताए ।

‘रातको समयमा मूल ढोकाभन्दा पछाडिबाट चोर पसेर नगदसहित ४० हजार बढीको पेय पदार्थसमेत लिएको छ,’ शुक्रबार उनले भनेका थिए, ‘बाँकी रहेको दालभात र अण्डासमेत खाएका छन् । केही बोतल रक्सीसमेत बसेर खाएका छन् ।’

बिहीबार राति चोरले काउण्टर फुटाएर नगद २७ हजार र ५० हजार बराबरको पेय पदार्थसमेत चोरी गरेको सञ्चालक आकाश कार्कीले जानकारी दिए । राति १० बजेतिर नांगलो रेष्टुरेन्टबाट रक्सीका बोत्तल र केही नगद चोरी भएको सञ्चालकले जनाएका छन् ।

रेष्टुरेन्टको सीसीटिभी क्यामेरामा दुईजना बालकहरु छिरेको देखिएको थियो । पीपल चौतारामा रहेको लक्ष्मी नारायण स्टोर्स एण्ड महालक्ष्मी सेलमा समेत बिहीबार राति नै चोरी भएको थियो । त्यहाँबाट १५ हजार बढी रकम चोरी भएको बताइएको छ । पक्राउ परेका दुबै बालिकलाई अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याएर थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

error: Content is protected !!