२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

बाँके एसपी अधिकारीको कडा निर्देशनमा अपहरणपछी हत्या गरेको ११ वर्षपछि पक्राउ

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगञ्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढालाई नेपालगञ्जबाट अपहरण गरी कोहलपुर लगेर बन्धक बनाई हत्या गरी फरार भएका शौभाग्य मल्ललाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले मल्ललाई गोरखाबाट पक्राउ गरिएको जानकारी दिए ।

२०६७ साल माघ ३ गते ४ जना मिलेर हिमलाललाई धम्बोजीबाट अपरहण गरी कोलपुर पु¥याएर त्यहाँको एउटा रित्तो घरको गोठमा बन्धक बनाएर घरका परिवारसँग ३५ लाख रुपैयाँ फिरौती मागेका थिए ।

 

तर पोल खुल्ने भएपछि तारले घाँटी कसेर उनको हत्या गरेका थिए । हत्यापछि आगोले पूरै अनुहार जलाइ मल्ल फरार भएको अधिकारीले बताए ।

उक्त घटनामा संलग्नहरुमध्ये एक जनालाई जिल्ला अदालत बाँकेले २०६९ असार ६ गते कर्तव्य ज्यानमा जन्म कैद र अपहरणमा ९ वर्ष कैदसहित ५० हजार जरिवाना सजाय तोकेको थियो ।

हत्यामा संलग्नमध्ये दुई जना जेल मुक्त भइसकेका छन् । पक्राउ परेका शौभाग्य मल्लको मुद्दा भने मुलतवीमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

error: Content is protected !!