१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

काठमाडौं उपत्यकामा सोमबारदेखि सवारी साधनमा लगाएको जोरबिजोर खारेज

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८

(ABC-Sanchar)
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ।

सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न सरकारलाई सिफारिस गरेको हो।‘आज बसेको सीसीएमसीको बैठकले सात वटा निर्णण गरेको छ,’ सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘भोलीबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारस गरेका छौं।’

कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो। केही दिनअघि सरकारले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको भएपनि निजी सवारी साधनमा भने हटाएको थिएन।

आज बसेको सीसीएमसीको बैठकले सबै सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली माघ २४ गतेबाट हटाउन गृहलाई सिफारिस गर्ने निर्णय गरेको हो। सीसीएमसीको आजको बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरु फागुन १ गतेबाट भौतिक उपस्थितीमा सञ्चालन गर्न सिफारिस गरेको छ।

‘विद्यालयको हकमा १२ वर्षभन्दा माथिका विद्यार्थीलाई भौतिक उपस्थितमा पढाउन सकिने र १२ वर्षभन्दा मूनिका विद्यार्थीलाई स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो गरी भौतिक उपस्थितीमा पढाउन सकिने सिफारिस गरेको छ,’ प्रवक्ता नेपालले भनिन्।

यस्तै, आजको बैठकले डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालिन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राती १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरेको छ।

सीसीएमसीले जिल्लाहरुले स्थानीय अवस्था हेरेर फरक फरक निर्णय गर्न पाउने व्यवस्था पनि गरेको छ। पार्टी प्यालेसहरुको हकमा बढीमा १०० जना वा क्षमताको ५० प्रतिशत मानिस उपस्थित हुनेगरी सञ्चालन गर्न दिन सरकारलाई सिफारस गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

error: Content is protected !!