१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

शहीद नगरपालिका अधिकृतमाथि स्थानीय युवाद्वारा हातपात

Logo
प्रकाशित सोमबार, माघ २४, २०७८

(ABC-Sanchar)
धनुषा । शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवमाथि आइतबार स्थानीय युवाहरूको एक समूहले हातपात गरेका छन् । प्रदेश २–०२१–झ ००६७८ नम्बरको गाडीमा सवार भएर शहीदनगर नगरपालिकाको कार्यालय तर्फ जाँदै गर्दा स्थानीय केही युवाको एक समूहले प्रमुख प्रशासकीय अधिकृत यादवमाथि हातपात गरेका हुन् ।

नगरपालिकाको विभिन्न योजनाहरूमा भएको भ्रष्टाचारमा प्रशासकीय अधिकृतको समेत संलग्नता रहेको भन्दै आक्रोशित युवाहरूले यदुकूहा चोकमा उनी सवार गाडीलाई घेरेर हातपात गरेका थिए । अधिकृत यादव सवार गाडीलाई घेरेर स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी आए लगतै हातपात गर्ने युवाहरू भागेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी नायव निरीक्षक शारदाशंकर शाहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

error: Content is protected !!