
ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२५ को मोहमद अली १९ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसाहित पक्राउ परेका छन ।
सोमबार साढे ५ बजे नेपालगन्ज ८ जालाहान पुरुवा स्थित शंका लागि चेकजाँच गर्दा अलीको साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी थप आवश्यक अनुसन्धान अघि बढाईएको बाँके प्रहरीले जनाएको छ।