२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

केही प्रदेशहरुमा फेरि पानी पर्ने सम्भावना : मौसम पूर्वानुमान महाशाखा

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८


(ABC-Sanchar)
काठमाडौं । फेरि पनि नेपालमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ । बुधबारदेखि भने सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन् । यसपछि विस्तारै गर्मी सुरु हुने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अंग्रेजी वर्षको डिसेम्बरदेखि फेब्रुअरी महिनाको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा भएको वर्षाको तथ्यांकको आधारमा औसत वर्षा निकालिन्छ । मौसमविदले यसअघि नै नेपालमा हिउँदमा पनि सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेका थिए । जुन वर्षको मनसुनमा धेरै वर्षा हुन्छ त्यो वर्षको ‘पोस्ट मनसुन’ (मनसुन पछिका महिना) र हिउँदमा पनि धेरै वर्षा हुने गरेको अनुभव छ । यस वर्षको प्रि-मनसुन र मनसुन अवधिमा अत्यधिक वर्षा भएको थियो । सो वर्षाका कारण आएको बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]