१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

एआइजी बढुवाको अन्तिम तयारीमा डिआइजीको पद थप्दै कोको छ्न लाईनमा

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा एआइजी बढुवाको अन्तिम तयारी भइरहँदा डिआइजी बढुवामा अझै धेरै प्रतिस्पर्धी हुने देखिएको छ । थोरै सिट तर बढुवाका बलिया प्रतिस्पर्धी धेरै हुँदा डिआइजी बढुवा पेचिलो बनेको हो । आकांक्षीका दौडधुपले एआइजीमा जस्तै डिआइजीमा पनि दरबन्दी थप हुने सम्भावना देखिएको छ ।

एआइजीका तीन दरबन्दी मात्र थप हुँदा डिआजीमा पनि त्यति नै पद खाली हुन्छन् । जसमा २० जना बढुवाका दाबेदार छन् । ज्येष्ठताका आधारमा बढुवा हुने हो भने त्यसमा चार सिनियर एसएसपी प्रतिस्पर्धामा हुनेछन् । तर, एक सय आठ र एक सय १० टोलीका एसएसपीहरू शक्तिशाली भएकाले उनीहरू नै बढुवामा पर्ने सम्भावना छ । सिनियर ब्याचबाट मसाउद आलम खाँ, मोहन आचार्य, प्रदीपकुमार श्रेष्ठ र नलप्रसाद उपाध्याय बढुवाको प्रतिस्पर्धामा छन् ।

नयाँ ब्याचबाट १४ जना एसएसपीमध्ये सबै जना शक्तिशाली छन् । जसमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर तथा भिमप्रसाद ढकाल प्रतिस्पर्धामा छन् ।

उनीहरुमध्ये सन्दीप भण्डारी पहिलो नम्बरमा भएकाले उनलाई केही सहज अवस्था छ । दोस्रो नम्बरमा रहेका टेकप्रसाद राईको राजनीतिक सम्पर्क राम्रो छैन । उमेशराज जोशीलाई प्रधानमन्त्री तथा सुदुरपश्चिमको टिमले सहयोग गर्ने सम्भावना देखिन्छ भने श्यामलाल ज्ञवाली एसपी हुँदा पहिलो नम्बरमा भएकाले उनी पनि बलिया प्रतिस्पर्धी मानिन्छन् ।

यसअघि बढुवामा फड्को मारेका दीपक थापाको राजनीतिक सम्पर्क राम्रो छ । सो ब्याचका अन्य एसएसपीहरू पनि शक्तिशाली मानिन्छन् । त्यसकारण बढुवामा चर्काे प्रतिस्पर्धा हुने अवस्था देखिएको हो । अहिले ब्याचबाट जो पहिलो नम्बरमा बढुवा हुन्छ पछि त्यही व्यक्ति आइजिपीको सशक्त दाबेदार हुने भएकाले बढुवामा चलखेल हुने सम्भावनासमेत देखिएको छ । त्यस्तै, एसएसपी बढुवामा यसअघि पछि परेका अशोक सिंह पनि अहिले आफु अनुकुल माहोल रहेको भन्दै जम्प हान्ने तयारीमा छन् । चुनावी सरकारले बढुवा भएकाले बढुवामा आर्थिक चलखेल हुने आशंकासमेत गरिएको छ । यस्तो अवस्थामा इमान्दार अधिकृतहरू पछि पर्ने अवस्था आउने देखिन्छ । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!