ABC (क्राईमबिट)
काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ। गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसारले सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा ३ एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो।
अर्थमन्त्रालयले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थपका लागी यसअघि नै स्विकृती दिइसकेको छ। नेपाल प्रहरीका डीआईजीबाट एआइजीमा बढुवा गर्न आज गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठक बस्ने र बिहिवारको मन्त्रिपरिषद बैठकले बढुवा गर्ने तयारी रहेको स्रोत बताउंछ।
प्रहरीमा एआईजी बढुवाका लागि डीआईजीहरु धीरजप्रताप सिंह, उत्तम सुवेदी, वसन्त पन्त, ईश्वरबाबु कार्की, बसन्त लामा र रविन्द्र धानुक प्रतिस्पर्धामा थिए। तर, थपिएका तिन एआइजीमा धीरजप्रताप सिंह, रविन्द्र धानुक उत्तम सुवेदी को बढुवा गर्ने सहमति भएको स्रोतको दावी छ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले यसपटक पनि निकट अधिकारीलाई बढुवा गर्न एआइजीको दरबन्दी थप्ने काम गरेको छ।