२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाघ गणनाका २ क्यामरा चोरी ४ वटा हात्तीले फुटायो फोटो खिच्न क्यामरा

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८


(ABC-Sanchar)
बाँके । राष्ट्रिय निकुञ्ज बाँकेमा बाघ गणनाका लागि राखिएका २ वटा मात्र क्यामरा चोरी भएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहका अनुसार निकुञ्जमा जडान गरिएका १६९ वटा क्यामरामध्ये दुई वटा चोरी भएका हुन् । बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जलाई बाघ गणनाको बाँके–बर्दिया कम्प्लेक्स बनाएर ए, बी, सी र डी ब्लकमा बनाएर बाघ गणना भइरहेको छ । ए र बी ब्लक बर्दिया निकुञ्जमा पर्छ । बी ब्लकको एउटा भाग बाँके निकुञ्जमा पनि छ । सी र डी ब्लक बाँके निकुञ्जमा पर्छ । सी ब्लकका ४ वटा क्यामरा जंगली हात्तीले फुटाएको वार्डेन शाहले जानकारी दिए । बाँके निकुञ्जको डी ब्लकमा बाघ गणनाको काम नै सुरु भएको छैन । त्यहाँ १७५ वटा क्यामरा राखेर बाघ गणना हुनेछ ।
बाघ गणनामा प्राविधिक सहयोग गरिरहेको राष्ट्रिय प्रकृृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाका अनुसार बाँके–बर्दिया कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ५३९ क्यामरामध्ये १७ वटा चोरी भएका र ६ वटा जंगली हात्तीले फुटाएको छ । हात्तीले बर्दियामा २ वटा क्यामरा फुटाएको छ ।
‘यो क्यामरा बाघ गणनामा मात्र प्रयोग हुन्छ । मान्छेको वा अरु फोटो खिच्ने काममा प्रयोग हुँदैन’, उनी भन्छन्, ‘क्यामरा चोरी हुँदा बाघ गणनाको काम मात्र विलम्ब हुन्छ । क्यामरा चोरेर बाघ गणनाको काममा बाधा नगरौं ।’
बाघ गणनाको बाँके–बर्दिया कम्प्लेक्स अन्तर्गतको ए ब्लकमा ए ब्लकमा १९१ वटा क्यामरा र बी ब्लकमा १७९ वटा क्यामरा राखेर बाघ गणना गरिएको थियो । बाघ गणनाका लागि राखिएको एउटा
एउटा क्यामराको मूल्य ४०० डलर परेको छ । ए र बी ब्लकमा बाघ गणनाको काम सम्पन्न भएर तथ्याङ्क प्रशोधनको काम भइरहेको कडरियाले जानकारी दिए । ‘क्यामराले बाघका हजारौं फोटो खिचेको छ । एउटै बाघका धेरै फोटो क्याप्चर भएका हुनसक्छन् । शरीरका दुबै पाटाका फोटो विश्लेषण गरेर बाघको संख्या एकीन हुनेछ’, कडरियाले प्रष्ट पारे । बाँके–बर्दिया कम्प्लेक्समा बाघको संख्या बढेको बाघ सर्वेक्षणमा संलग्न प्राविधिकहरुले जनाएका छन् । बाघको बढेको संख्या भने रिपोर्ट सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।