२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

मन्त्री आलेको निर्देशनमा मिनी क्यासिनोको ३८ करोड नतिर्ने नेपालगन्जको ड्रिमल्याण्ड होटल बन्द

Logo
प्रकाशित बिहिबार, माघ २७, २०७८


(ABC-Sanchar)
काठमाडौं । क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् ।

उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । २० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।

तर, आर्थिक वर्ष २०७६–७७ सम्मको वक्यौता, आव २०७७–७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो । ड्रिमल्याण्ड होटल पर्यटन विभागको वर्गीकरणमै परेको छैन ।

ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ । ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।

यसअघि याक एण्ड यतीको होटलको वर्गीकरणस्तर र क्यासिनोको लाइसेन्स रद्द भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

error: Content is protected !!