
ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले तुर्माखाद गाउँपालिका ७ अछामका १८ वर्षीय प्रेम चलाउने र पञ्चदेवल बिनायक नगरपालिका–४ अछामकै १८ वर्षीय गौरव विष्टलाई नेपालगन्जको वसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैजना वसपार्कमा बस्दै आएका थिए ।
प्रतिबन्धित लागु औषध ब्राउनसुगर विक्री भइरहेको भन्ने सूचना प्राप्त गरेको प्रहरीले उनीहरुमाथि आवश्यक चेकजाँच गर्दा ५२ ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर फेला परेको बाँके प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु भइरहेको बाँके प्रहरीले जनाएको छ ।